दाङ । नेपाल प्रेस युनियन दाङ महिला विभागको आयोजनामा आइतबार तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्कृति संरक्षणमा सरोकारवालाको भूमिका तथा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल प्रेस युनियन दाङका सह सचिव उमा भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति शकर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यसअबसरमा कार्यक्रमका सहभागिहरुले बिकृति र विसंगतीका बिरुद्ध कलम चलाउनुपर्ने बताएका थिए । समाज रुपान्तरणका लागि सञ्चारकर्मी महत्वपूणर् भूमिका हुने भएकाले सस्कृति संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका उपमहासचिव सुलोचना गौतम, कांग्रेस नेता देवका नेपाली, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसी,
प्रजाान्त्रिक व्यवसायी संघका अध्यक्ष जनकप्रसाद खराल, चेम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष ऋषिराज भण्डारी, प्रेस युनियन दाङका पूर्व अध्यक्ष तथा सल्लाकारहरु सुशील बस्नेत, सन्तोष सुवेदी, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य पवित्रा ढकाल, शान्ता पाण्डेय, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, प्रेस चौतारी नेपाल दाङ शाखा अध्यक्ष प्रेम बहादुर राम्जा, जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्तप्रकाश वली, अधिकारकर्मी सुष्मा गिरी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायणी रजौरे, अधिकारकर्मी देवा डाँगी, अक्षयकोषदाता यमुना शाहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अन्जना चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकारण कार्यसमिति सदस्य जयन्ती चौधरीले गर्नुभएको थियो भने कार्यक्रममा धन्यवाद ज्ञापन सह कोषाध्यक्ष सुशीला ओली गर्नुभएको थियो । कार्यक्रममा सिद्धार्थ बैंक तुलसीपुर शाखाको सहकार्य रहेको थियो ।
यसैविच कार्यक्रममा सिद्धार्थ बैंक तुलसीपुर शाखाका प्रबंधक किरण आचार्यले वित्तिय साक्षरताका बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ॥
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।