• २५ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा २९ जनाले गरे रक्तदान




घोराही । रक्त सञ्चार घोराहीमा रगतको अभाव हुन नदिन २९ जनाले रक्तदान गरेका छन् । राप्ती अञ्चल बजार प्रतिनिधि एसोसिएसन दाङले  सनिवार घोराहीमा  आयोजना गरेको खुला रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा जगत आचार्य , तेज बहादुर पौडेल, केशव बहादुर बुढाथोकी  आशिष न्यौपाने, कुमार सुबेदि, शिवराज वलि,शुशिल चौधरी , उदय राज खड्का, कोमल पान्डे, कमल पोख्रेल लगायतले रक्तदान गरेका थिए ।

अस्पतालमा बिरामीको चाप बढेसँगै विभिन्न ठाउँमा रगतको अभाव हुने गरेको हुँदा घोराहीमा रगतको अभाव हुन नदिने उद्देश्यका साथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको राप्ती अञ्चल बजार प्रतिनिधि एसोसिएसन दाङका अध्यक्ष केशव बहादुर बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले  रक्तदान लाई कुनैपनी दानसंग दाज्न नसकीने र सबैभन्दा ठुलो परोपकार रक्तदान भएको बताउनुभयो । मानवताका लागी मानव भन्ने सोचका साथ गरिएको उक्त कार्यक्रमको अध्यक्षता  एसोसिएसनका अध्यक्ष  केशव बहादुर बुढाथोकीले गरेका थिए भने सहजीकरण दिनानाथ  शर्माले गर्नुभएको थियो ।

Facebook Comments