दाङ । दाङको शान्तिनगरमा जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ज ७७० नम्बरको जिप शान्तिनगर गाउँपालिका–१ हारिचारमा आइतबार बेलुका पल्टिँदा त्रिवेणी गाउँपालिका–३, टोड्के, सल्यानका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको हो ।
दुर्घनामा त्रिवेणी–३, सल्यानका ४५ वर्षीया ऐश्वर्या केसी, ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा वली, ३१ वर्षीया रोजिका वली, त्रिवेणी गाउँपालिका–३, रुकुम पश्चिमकी २५ वर्षीया सरिता खड्का र मध्यनेपाल नगरपालिका–७, लमजुङकी २४ वर्षीया लिला बास्तोला घाइते छन् ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाले बताए ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।