घोराही । राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका उत्सव घिमिरे जिल्ला प्रथम भएका छन् ।
आज शुक्रबार सार्वजनिक भएकाे नतिजामा घिमिरे ३.९६ जिपिए प्राप्त गरी जिल्ला प्रथम भएका हुन् ।
याे समाचार तयार पार्दासम्म जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयमा सबैभन्दा बढी जिपिए घिमिरेकाे रहेकाे छ ।
घिमिरे २०७८ काे माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.९५ जिपिए प्राप्त गरी जिल्ला प्रथम भएका थिए ।
Facebook Comments


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।