• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकबाट युरोलोजी सेवा




दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकबाट युरोलोजी सेवा नियमित रुपमा सञ्चालन भइरहेको छ ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थीले विशेषज्ञवाट नै युरोलोजि सेवा नियमित रहेको जानकारी दिनुभयो । पन्थीका अनुसार गएको असार ३० गतेवाट असिष्टेन्ट प्रोफेसर डा. सन्तोषकुमार झाले अस्पतालमा हाजिर भइ सेवा नियमितरुपमा दिइरहेको बताउनुभयो ।

नोवेल मेडिकल कलेज विराटनगरमा लामोसमयदेखि कार्यरत रहेका झाँ हालै मात्रै प्रतिष्ठानमा आई साउन १६ गतेसम्म १७ वटा बढि मृगौलमा पथ्थरी भएका विरामीको दुरविन विधिवाट अप्रेसन भइसकेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो । युरोलोजि सेवामा झाँ पुराना र अनुभवि चिकित्सक मानिनुहुन्छ ।

युरोलोजि विशेषज्ञ झाँले मृगौलाको पथ्थरीको अप्रेसनसहीत प्रोष्टेड, गुप्त रोग, पिसाब थैली, पिसाब नली समवन्धी उपचार सेवा विरामीले प्राप्त गर्ने जानकारी दिनुभयो ।

झाँले यसअघि नेपालमै पहीलोपटक दुरविन विधिवाट पाइलो प्लाष्टिक अप्रेसन गरेको बताउदै दुरविन विधीवाट अप्रेसन गर्दा घाउ नपाक्ने, घाउ चाडै निको हुने, विरामी लामो समय अस्पतालमा बस्नु नपर्ने र खर्च पनि कम लाग्ने भएकाले यो विधि अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले अस्पतालको सेवा विस्तारमा ध्यान दिदै चिकित्सकहरु थपिनेक्रम जारी रहेकाले उपचार सेवा थप प्रभावकारी हुने बताउनुभयो ।

Facebook Comments