तुलसीपुर । ‘उज्यालो साझेदारी’ अभियान कार्यक्रम अन्तर्गत एक वर्षमा सत्र सय बढीलाई उज्यालो प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक बर्ष २०८०/८१ मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ७ सय ६४ जनाको मोतिविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो ।
उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौर दाङले यस क्षेत्रका विभिन्न पालिकासँग आर्थिक बर्ष २०८०/८१ मा तुलसीपुर उपमहानगरपालिकासँगको साझेदारीमा ५ सय ४५ जना, घारोही उपमहानगरपालिकामा ३ सय १३, बबई गाउँपालिकामा ८१ जना, शान्तिनगर गाउँपालिकामा ६३ जना , दंगीशरण गाउँपालिकामा एक सय २२ जना गरि साझेदारीमा एक हजार एक सय २४ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक तथा बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए ।
त्यस्तै देउखुरीस्थित लमही आँखा अस्पताल लमही दाङले आर्थिक बर्ष २०८०/८१ मा साझेदारीमा लमहीमा एक सय ९१ जना गढवा गाउँपालिकामा ८२ राजपुरगाउँ पालिकामा ९९ जना र राजपुर ३ मा १० जना को साझेदारीमा निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरेको नेत्र सहायक अमृत नेपालले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगर्त सञ्चालित, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कपिलबस्तुका विभिन्न पालिकामा आर्थिक बर्ष २०८०/८१ मा साझेदारीमा चार सय ४९ जनाको निःशुल्क शल्यक्रिया गरेको छ । जस अन्तर्गत शिवराज नगरपालिकामा एक सय १० जना , बुद्धभुमि नगरपालिकामा एक सय जना , कृष्णनगर नगरपालिकामा एक सय ३२ जना, वाणगंगा नगरपालिकामा ६० जना र बुद्धभुमि नगरपालिकामा फेको प्रविधिबाट ५० प्रतिशतमा ४७ जनाको शल्यक्रिया गरि कपिलबस्तु जिल्लामा चार सय ४९ जनाको साझेदारीमा निशुल्क शल्यक्रिया गरिएको बाह्य कार्यक्रम सहसंयोजक हरी भण्डारीले जानकारी दिए ।
यस अभियानले दृष्टिविहिनताको न्यूनीकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमानै दृष्टिविहिन भएर बसेकाहरुलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । ‘हामीले हुनेसँग लिने र नहुनेलाई आँखा उपचार सेवा दिने हो, त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडी बढऔं भन्ने हाम्रो उद्देश्य हो, अन्धोपन घटाउन सामूहिक प्रयास आवश्यक छ, त्यसमा तुलसीपुर उपमहानगरपालिकासँगको साझेदारीमा हामीहरुले उज्यालो अभियान पहिलो पटक थालेर जिल्ला भरि लिएका थियौं यो सबैका लागि अनुकरणीय छ, –नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य समेत रहेका गिरीेले भने ।’
त्यस्तै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पालिकामा रहेको अन्धोपन न्युनीकरण गर्न आफुहरु लागेको बताए । ‘उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रमहो पालिकाको अन्धोपन न्यूनीकरणका लागि साझेदारी कार्यक्रम गरि यो बर्ष पनि हामीले करिब दंगीशरण गाउँपालिकामा एक सय २२ जना उज्यालो प्रदान गरेका छौं — अध्यक्ष गिरीले भने ।’ उनले यस आर्थिक बर्षमा पनि यसलाई निरन्तरता दिने भन्दै यसलाई अब बीमा कार्यक्रमसँग जोड्ने बताए ।
त्यस्तै गढवा गाउँपालिका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, तथा अन्य गाउँपालिका नगरपालिका र वडाहरुले पनि यस अभियानलाई आगमी बर्षमा पनि निरन्तर्ता दिने भन्दै नीति कार्यक्रमका साथै बजेट समेत उल्लेख गरेका छन् । मोतियाविन्दु भई आर्थिक अभावका कारण कोहि पनि पालिकाका नागरिकहरु अन्धोपन हुनु नपरोस भने उद्देश्यका साथै नेपाल सरकारको स्वास्थ्य नितिलाई समेत सहयोग पुर्याउने उद्देश्यले पालिकाहरुसँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरि उज्यालो अभियान विगतका बर्ष देखिनै सञ्चालन गरिएको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिए ।
उनले जस अन्तरर्गत यस बर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिई एक हजार ७ सय ६४ जनाको उज्यालो प्रदान गरेको बताए । प्रमुख प्रशासक सम्शेर थापाले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने मूल नारालाई साकार पार्न स्थानीय पालिकासँगको सहकार्य गरी साझेदारी कार्यक्रम अन्तर्गत दृष्टिविहिनता अर्थात् अन्धोपनको समस्यालाई न्यूनिकरण गर्न साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए । उनले नेपाल सरकारको स्वास्थ्य नीतिलाई सहयोग गर्न आफूहरु लागेको भन्दै स्थानीय सरकारको सहयोग विना दृष्टिविहीनताको व्यापकतालाई न्यूनीकरण गर्न सम्भव नभएकाले साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए ।
त्यस्तै यस कार्यक्रमले आफूहरु जस्तो आँखाको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई धेरै सहज भएको तुलसीपुर–१५ कि आइति थरुनीले बताइन् । गत बर्ष भने ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतिविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।