• २५ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फूलबारी वनको वार्षिक साधारणसभा : अध्यक्षमा बुढाथोकी




ओखरपाटा । रोल्पाको रुन्टीगढी गाउँपालिका -६ छापमा रहेको फूलबारी सामुदायिक बन उपभोक्ता समूहको वार्षिक साधारणसभा तथा आमभेला सम्पन्न भएको छ । बिहीबार जनजागृति प्रावि छापमा सम्पन्न भएको भेलाले धनबहादुर बुढाथोकीको अध्यक्षतामा ९  सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा अम्मु रोका, कोषाध्यक्षमा यामबहादुर बुढाथोकी, सचिवमा राधिका बुढामगर, सह-सचिबमा जुद्दबहादुर रेउले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पवित्रा रेउले, लोकबहादुर बुढाथोकी, दर्शना रावत र रुपप्रकाश चलाउने चयन भएका हुन् ।

भेलाले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसको संयोजकमा भूपबहादुर रेउले छन् भने सदस्यमा रामबहादुर राना र मदन बुढाथोकी रहेका छन् ।

त्यस्तै भेलाले बाख्रापालन अनुगमन समिति र खोटो अनुगमन समिति समेत चयन गरेको छ । बाख्रापालन समितिको संयोजकमा मिना रोका र सदस्यमा बिमला रेउले र ललित बुढाथोकी रहेका छन् भने खोटो अनुगमन समितिको संयोजकमा जुद्दबहादुर रेउले र सदस्यमा टोपबहादुर राना र भिकराम बुढाथोकी रहेका छन् ।

फूलबारी  सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष जंगबहादुर रेउलेको अध्यक्षमा बसेको वार्षिक साधारणसभा तथा आमभेलामा बोल्ने बक्ताहरुले बैठकमा आएर नबोल्ने तर बाहिर बोल्नुको कुनै अर्थ  नहुने बताएका छन् । उनीहरूले  बैठकमा उपस्थित भएपछि  उपभोक्ताहरुले बनमा भएका गतिविधिहरुको बारेमा बोल्नुपर्ने कुरा जोड दिएका थिए ।  वनमा एक घर एक वृक्षारोपणको अवधारणालाई अगाडि बढाउनुपर्ने र वनका खाली भूभागमा वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै छोटो समयमै वर्तमान कार्यसमितिले उत्कृष्ट कामाहरु गरेको उनीहरूको भनाइ थियो  ।

गिता रानाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा वनका पूर्व अध्यक्ष बिनु रोका, जनजागृति प्रावि छापका विव्यस पूर्व अध्यक्ष भूपबहादुर रेउले, वनका पूर्व कोषाध्यक्ष धनबहादुर बुढाथोकी, शिक्षका तथा उपभोक्ता रामबहादुर राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोषाध्यक्ष कमल बोहराले आर्थिक वर्ष २०८०/०८१ आर्थिक प्रतिवेदनसहित आयव्यय प्रस्तुत गरेका थिए ।

भेलाले वार्षिक कार्यक्रम सम्बन्धमा, वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा, आर्थिक सम्बन्धमा, दण्ड तथा जरिवाना लगायतका विषयहरूमा महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।

 

 

 

 

 

Facebook Comments