घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (समाजवादी) दाङले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । पार्टी दाङको आयोजनामा युवा र विद्यार्थी संगठनले संयुक्त रुपमा विभिन्न फलफूल तथा जडिबुटीजन्य ४ सय बिरुवा रोपेका हुन् ।
पार्टीले घोराही – १६ गुरुवागाउँमा सञ्चालन गरेको सी बहुउद्देश्यीय कृषि तथ पशुपंक्षी फर्मको ६ विघा जमिनमा फलफूल र जडिबुटीजन्य चार सय बिरुवा रोपिएको युवा संगठन नेपाल दाङ जिल्ला इञ्चार्ज पदम सीले बताए । जिल्ला पार्टीको योजनामा युवा र विद्यार्थीको संयुक्त संगठनले मंगलबारदेखि सुरु गरेको वृक्षारोपण कार्यक्रम बिहीबार सकिएको उनले जानकारी दिए ।
संगठनका इञ्चार्ज पदम सीका अनुसार तीन दिनसम्म चलेको वृक्षारोपण कार्यक्रमा आँपका १ सय बिरुवा, लिचीका १ सय बिरुवा, अमला ५०, शितल चिनी ५०, सुगन्ध कोकिला ५० र धूपी सल्ला ५० गरी चार बिरुवा रोपिएको छ । बिरुवा रोप्नुको मुख्य उद्देश्य विश्व पर्यावरणीय वातावरणको संरक्षण र रक्षा गर्दै सिंगो मानव जातिलाई स्वस्थ बनाउदै रक्षा गर्नु रहेको समेत उनको भनाइ छ ।
वृक्षारोपण कार्यक्रममा युवा र विद्यार्थी संगठनका इञ्चार्ज, अध्यक्ष लगायतको उपस्थिति रहेको जनाइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।