• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँँपालिकाकाे गाउँसभाद्वारा आर्थिक विधेयक पारित




तुलबहादुर कँवर मगर

भालुबाङ । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभा तथा पाँचौँ अधिवेशनको चाैथाे बैठकले पालिकाकाे आर्थिक विधेयक २०८१ संशोधनसहित सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभाका सदस्य गेमे खड्काले गत असार ९ गते सभामा प्रस्तुत गर्नुभएको उक्त विधेयक बुधबार बसेकाे सभाकाे चाैथाे बैठकले संशोधन सहित सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो।

त्यस्तै सभाले सभाका सदस्य तथा न्यायीक समितिका संयाेजक कमलापती चाैधरीले प्रस्तुत गर्नुभएको न्यायीक समितिको प्रगति प्रतिवेदन २०८१ समेत सर्वसम्मत रुपमा पारित गरेको छ।

सभामा सभाका सभा अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाकाे आर्थिक विधेयक २०८१ उपर सभाका सदस्य सुन्दर बहादुर शाहीले पेेश गर्नुभएको संशोधन प्रस्ताव फिर्ता लिएको जानकारी गराउनु भएको थियो ।

सभाका सदस्य रिम बहादुर सुनारी मगरले गत असार १७ गते प्रस्तुत गर्नु भएको विनियोजन विधेयक २०८१ सभाले साेही दिन सर्वसम्मत रुपमा पारित गरिसकेको छ।

गाउँसभाकाे पाँचौँ अधिवेशनको पाँचौं बैठक पुन: साउन १५ गते बस्ने गरि स्थगित गरिएको प्रवक्ता चाैधरीले जानकारी दिनुभयो ।

Facebook Comments