• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा मिनीट्रक दुर्घटना : चालकको घटनास्थलमै मृत्यु




घोराही । रोल्पाको रुन्टीगढी गाउँपालिका-६ स्यालामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

तरकारी लोड गर्न गएको रा १ ख २१६१ नम्बर मिनीट्रक मंगलबार राती साढे ११ बजे गाडी फर्काउने क्रममा दुर्घटना हुँदा चालक महेश थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरी रोल्पाले जानकारी दिएको हो ।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका -६ निगालपानी निवासी अन्दाजी ३२/३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले बताए । रातीको समय भएको हुँदा के/कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा राखिएको छ । मिनीट्रक सडकदेखि ५०/६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए ।

दुर्घटनामा परी सोही स्याला निवासीका ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।

 

 

 

 

Facebook Comments