• १७ कार्तिक २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल तुलसीपुरमा खाना पकाउने प्रतियोगिता




तुलसीपुर । गुरुकुल एकेडेमी तुलसिपुरमा खाना पकाउने प्रतियोगिता समपन्न भएको छ । उक्त खाना पकाउने प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

जसमा कक्षा ७ बाट दीपेक्षा बुढाथोकी , कक्षा ६ बाट प्रिन्स थापा र कक्षा ६ बाट जेनिस बिष्टको समूह प्रथम भएको छ । प्रथम हुने समूहले गाँजरको हलुवा बनाएका थिए । यस्तै कक्षा ७ बाट अनुस्का डाँगी , कक्षा ६ बाट सदिक्षा बस्नेत र कक्षा ६ बाटै प्रियान्सा योगीको समूहले दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

दोस्रो हुने समूहले चिकेन मःम बनाएको थियो भने कक्षा ९ बाट मारसल वली , कक्षा ६ बाट दिगम केसी र कक्षा ६ बाटै सुभम सुनारको समूह तेस्रो हुन सफल भएको थियो । यो समुहले चिकेन ब्रियानी बनाएको विद्यालयकी संस्कार प्रमुख चिन्तना धितालले जानकारी दिनुभयो ।

प्रतियागिताको निर्णाएकमा प्रशासन प्रमुख सुष्मा आचार्य , सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढा र संस्कार प्रमुख चिन्तना धिताल रहनुभएको थियो । जिवन उपयोगी सीप सिकाउनको लागि खाना पकाउने प्रतियोगिताको आयोजना गरिएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो ।

शैक्षिक गतिबिधिसँगै अन्य ब्यबहारिक सीप सिकाउदै आएको गुरुकुल एकेडेमीले आफ्नो जीवनमा आवश्यक पर्ने हरेक कुराको अनुभव हुने गरी ब्यबहारिक शिक्षा प्रदान गर्दै आएको छ । शैक्षिक , नैतिक तथा ब्यवहारिक ज्ञान गुरुकुल एकेडेमीका विद्यार्थीहरुले पाउदै आएका छन् । यस्तै गुरुकुल एकेडेमी घोराहीको प्रतियोगितामा ५ जना फाइनल प्रवेश गरेका छन ।

Facebook Comments