दाङ । दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सेवारखोलामा बनाइएको डाइभर्सन बगेको छ ।
नियमितको बर्षादले गर्दा आएको बाढीले शनिबार बिहान डाइभर्सन बगाएको हो ।
डाइभर्सन बगाउँदा आवतजावतमा ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरि बैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुमा अनुरोध गरेको छ ।
सेवारखोलामा हाल पुल निर्माणको अधुरो रहेकाले पनि सोही ठाउँमा आवाजतजावतमा निकै समस्या हुने गरेको छ।
घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम अधुरो छ । जुन खोलामा पुल नहुँदा यात्रुहरुले बर्षेनी सास्ती भोग्नु परेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।