दाङ । घोराहीबाट गत बुधबारदेखि एकजना युवती बेपत्ता भएकी छिन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ ढोडिनी स्थायी घर भई हाल घोराही उपमहानगरपालिका वडा नं १५ स्थित मेनरोड बसोवास गर्दै आएकी पुनसरी घर्तीको छोरी २३ बर्षीया भूमिका घर्ती तीन दिनदेखि बेपत्ता भएकी हुन् ।
घर्ती घोराही बजारमा ब्युटी पार्लर सिक्दै आइरहेकी थिइन् । उनी गत बुधबारदेखि आफु बस्ने कोठाबाट पार्लर जाने क्रममा बेपत्ता भएको परिवारले जनाएको छ ।
परिवारले छोरी हराएको भन्दै प्रहरीमा समेत निवेदन दिएको छ । परिवारले तीव्र गतिमा छोरी खोजिरहेको भएपनि अहिलेसम्म फेला भेटाउन नसकेको जानकारी दिएको छ । सबै क्षेत्रबाट छोरी खोजिदिन समेत परिवार पक्षले आह्वान गरेको छ ।
छोरी हराएपछि भोक न तिर्खा भएको आमाले छोरी खोजीदिनका लागि मद्दत गरिदिनुहुन सबैसामु अनुरोध गरिन् । छोरी कतै फेला परिहालेमा नजिकैको प्रहरी चौकी वा ९८६४७२९५५८ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको हो । छोरी अचानक कसरी /किन बेपत्ता भएको भन्ने बारे परिवारले पत्ता लगाउन सकेको छैन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
