• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती -३ खुरुरीयामा दुई महिने सिलाई कटाई तालिम सम्पन्न




तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नं.३ खुरुरीयामा सञ्चालित दुई महिने सिलाई कटाई तालिम शुक्रबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाकाे उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे।

राप्ती गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष उमेश अधिकारीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले महिला दिदीबहिनीहरूलाई सीप सिकेर व्यावसायमा जाेडिन सुझाव दिनुभयो।

गाउँपालिकाका बेरोजगार युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्देशले पालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आई रहेकको बताउँदै उपाध्यक्ष चाैधरीले सिकेको सिपलाई पुर्ण रूपमा व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नं. ३ का वडा अध्यक्ष उमेश अधिकारी, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली लगायतका वक्ताहरूले सहभागीहरुलाई सिकेको सीपलाई व्यवहारमा लागू गरि आत्मानिर्भर बन्न सुझाव दिनुभयो ।

गाउँपालिकाकाे आयोजना तथा मल्टीसेक्टर इन्जिनियरिङ कन्सलटेन्सी शान्तिनगर दाङको प्रविधिक सहयोगमा सञ्चालित तालिममा १५ जना महिलाहरुकाे सहभागीता रहेको थियोे।भने तालिमकाे प्रशिक्षकमा सुनी चाैधरी रहनु भएको थियो।

Facebook Comments