• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सर्वाेदय बाल क्लबद्वारा एसइई उत्तीर्ण सदस्यलाई सम्मान




घोराही । घोराहीमा रहेको सर्वाेदय बाल क्लवले सर्वाेदय बाल क्लवद्वारा एसईई उत्तीर्ण आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । क्लवका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षता तथा सर्वाेदय पुस्तकालय तथा वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र घोराही १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीको विशिष्ठ आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले एसईई उत्तिर्ण आफ्ना सदस्यलाई सम्मान गर्ने कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको भन्दै यसले विद्यार्थिलाई उर्जा प्रदान गर्दै थप लगनशिल बन्न टेवा पु¥याउने बताउनुभयो । बालबालिकाको सर्वाङ्गिक विकासका बाल क्लवको महत्वपुर्ण भुमिका हुने भन्दै हरेक स्थानमा रहेका बाल क्लवले सर्वोदय बाल क्लवको सिको गर्दै क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

यसवर्ष एसर्ईई उत्तिर्ण गरेर सम्मानित हुने क्लवका सदस्यहरुमा अध्यक्ष लक्ष्मी श्रेष्ठसहित, सन्ध्या श्रेष्ठ, सृष्टि नेपाली, सम्मान शेर्पाईली, भिजन पुनमगर, कृपा चौधरी, एन्जिला भुसाल, प्रसान्त भुसाल र सुर्यप्रकाश चौधरी रहनु भएको थियो ।

क्लवका उपाध्यक्ष एन्जिला भुसालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नारायण भुसाल, सिद्धार्थ गौतम नगर टोल बिकास सस्थाका अध्यक्ष चित्रकान्त आचार्य, आमा समुहका अध्यक्ष युवा रेग्मि, योग प्रशिक्षक लक्ष्मी आचार्य, अभिभावकको तर्फबाट यम बहादुर ओलि, ज्ञानमाला एकिडेमि बाल क्लबका सचिब अदिति केसि, क्लुबका पुर्वअध्यक्ष चन्द्रप्रकाश नेपाली, बाल क्लबका सल्लाहकार नबिन श्रेष्ठ, सुनचाँदी ब्यवसायि महासङ दाङका महासचिव मान बहादुर शेर्पाइलीलगाएले कार्यक्रममा बोल्नु भएको थियो ।

कार्यक्रममा क्लवका सह–सचीव शोम्या आचार्यले कविता प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव नुजल आचार्यले गर्नुभएको थियो ।

Facebook Comments