• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा चना खाने क्रममा घाँटीमा अट्किएर एक बालकको मृत्यु




दाङ । दाङमा चना खाने क्रममा घाँटीमा अट्किएर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको तुलसीपुर–९ बेलुवा निवासी रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार बेलुका ५ बजेको समयमा स्कुलबाट आएर कोठामा पकाएको चना खाने क्रममा बालकको घाटीमा अट्किएको हो ।

उपचारका लागिसिटि हस्पिटल तुलसीपुरमा लगिएपनि डाक्टरले चेकजाँच गर्दा सवा ५ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Facebook Comments