• २१ आश्विन २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तार व्यवस्थापन गर्ने प्राविधिक टोलीलाई  १५ नम्बर वडाद्वारा सम्मानित




दाङ । घोराही बजारमा अस्तव्यस्त रहेको तारलाई  घोराही उपमहानगरपालिका वडा नम्बर १५ ले व्यवस्थापन गरेको छ उक्त व्यवस्थापन गर्न सहयोग गरेका प्राविधिक टोलीलाई आज बुधबार एक कार्यक्रम गरि सम्मान गरेको छ।

सम्मान कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका १५ नम्बर वडाका अध्यक्ष रमेशकुमार पाण्डेले  लाखौँ रुपैया बजेटबाट गर्नुपर्ने बजार व्यवस्थापनका काम स्वमसेवी युवाहरुको सहयोगका कारण निशुल्क रुपमा सम्पन्न गरेको भन्दै नगरलाई व्यवस्थीत बनाउनका लागि बजेट भन्दा पनि इच्छाशक्तीको खाँचो रहेको औँल्याउनु भयो ।

त्यसैगरी घोराही उपमहानगरपालिका बजार व्यवस्थापन शाखाका मोहनसिङ सुनार, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बजार व्यवस्थापनका लागि वडा कार्यालयले लिएको पहलकदमीको प्रसंशा गर्दै उपमहानगरलाई व्यवस्थीत बनाउनका लागि सबैको सहकार्य र एकता आवस्यक रहेको बताउनुभयो ।

नगरक्षेत्रमा अव्यवस्थीत तारहरुका कारण बजार क्षेत्र कुरुप भएको दुर्घटनाको जोखीम बढेको भन्दै वडा नम्बर १५ ले दुइ महिना लगाएर विभिन्न इन्टरनेट कम्पनीका १६ जना प्राबिधिकहरुलाई स्वंमसेवकका रुपमा परिचालन गरी अव्यवस्थीत तारहरु हटाउने   काम गरेको वडा नम्बर १५ वा सदस्य उत्तम बुढाथोकीले जानकारी दिनुभयो ।

वडा नम्बर १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको सहजीकरण वडा सदस्य उत्तम बुडाथोकीले गर्नु भएको थियो ।

Facebook Comments