सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा तेश्रो अध्यक्ष कप सुरु भएको छ । सोमबारदेखि सुरु भएको गाउँपालिका अध्यक्ष कप अन्तर्गत भलिवल र व्याडमिन्टन खेल प्रतियोगिता सञ्चालन भइरहेका छन् ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्दै परिश्रमि खेलाडीहरु उत्पादन संगै खेलकुदको विकासका लागि गाउँपालिकाले प्राथमिकताको साथ काम गरिरहेको बताए ।
अध्यक्ष कप अन्तर्गत महिलाहरुको एकल नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । प्रतियोगिता सोमबार नै सम्पन्न भइसकेको छ भने विजयी प्रतियोगीहरुलाई पुरस्कार र प्रमाणपत्र समेत वितरण गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडाध्यक्ष प्रेम बहादुर नेपाली, ३ का वडाध्यक्ष तिर्थराज दाहाल, ४ का वडाध्यक्ष छविलाल खत्री, ६ का वडाध्यक्ष टिकाराम बुढा, ७ का वडाध्यक्ष टेक बहादुर विष्ट, कार्यपालिकाका सदस्य तथा वडा सदस्यहरु, खेलकुद विकास समितिका पदाधिकारी, विद्यालयका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।
भलिवल खेल प्रतियोगितामा ७ वटा समूह र ब्याडमिन्टन प्रतियोगितामा १५ वटा समूहले प्रतिष्पर्धा गरिरहेका छन् । नृत्य प्रतियोगितामा १० जना प्रतियोगीले भाग लिएका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।