• २४ आश्विन २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा नियमित रूपमा छाला तथा यौन रोगको उपचार सेवा शुरु हुँदै




दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमबारदेखि नियमितरुपमा छाला तथा यौन रोगको उपचार सेवा सुरु हुने भएको छ । केही समयदेखि विशेषज्ञ चिकित्सकको अभाबमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन् ।

प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले लामो समयदेखि सञ्चालनमा आउन नसकेको छाला तथा यौन रोगको उपचार सुरु भएको जानकारी दिनुभयो । छाला तथा यौन रोग विशेषज्ञ डा. सविना सिटौला आइतवार अस्पतालमा हाजिर भएको र भोलि सोमवारदेखी अव हरेक दिन नियमित रुपमा ओपीडिबाट पनि सेवा सुरु हुने बताउनुभयो । यसअघि छालाका विरामीहरु अस्पतालमा विशेषज्ञ सेवा नहुँदा उपचार पाउन सकेका थिएनन् ।

प्रतिष्ठानको नेतृत्वको लामो समयको प्रयासपछि छाला तथा यौन रोगको उपचार फेरी सुरु भएको हो । त्यस्तै प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ डा. सरोज उप्रेतीले सेवा सुरु गरेसंगै सेवा लिने विरामीको संख्या पनि बढ्दै गएको छ । हाल प्रतिष्ठानमा मानसिक रोग भएका बिरामिहरुको उपचारका लागि १० शैयाको उपचार कक्ष समेत रहेको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले बताउनुभयो ।

प्रतिष्ठानका रजिष्ट्रार लम्सालले प्रतिष्ठानमा नयाँ–नयाँ विशेषज्ञहरु थपिदै जाँदा अस्पतालमा सेवा लिन आउने विरामीहरुको चाप पनि बढ्दै गएको बताउनुभयो । प्रतिष्ठानमा नभएका अन्य विशेषज्ञ सेवाहरु पनि थप्ने प्रकृयामा रहेको पनि यसका लागि पहल जारी रहेको उहाँले बताउनुभयो । प्रतिष्ठानमा आगामी आ.व. २०८१/०८२ मा १० करोड लागतको क्याथ्लाब् मेसिन खरिद गरेर मुटुरोग उपचार शुरू गर्ने योजना रहेको रजिष्ट्रार प्रा.लम्सालले बताउनुभयो । उहाँले भविष्यमा प्रतिष्ठानले न्युरो सम्बन्धी उपचार सेवा स्थापना गर्ने योजना बनाएको समेत् बताउनुभयो ।

Facebook Comments