• २९ असार २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा भिक्टोरिया कलेजमा बृक्षारोपण 




घोराही।  राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा घोराहीमा रहेको भिक्टोरिया ईन्टरनेशन कलेज दाङले नेपाल युवा परिषदसँगको संयुक्त आयोजनामा एक औपचारिक कार्यक्रम तथा वृक्षारोपण गरेर दिवस मनाएको छ ।

कलेजका प्रोग्राम डाईरेक्टर केवी चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरेर वृक्षारोपणको सुरुवात गरिएको थियो । कलेज प्राङ्गणमा दुई वटा विरुवा मात्र रोपिएको थियो भने कलेजमा अध्ययनरत विद्यार्थिहरुलाई उनिहरुका ईच्या अनुसारका बिरुवाहरु घरमा लगेर रोप्नका लागि वितरण गरिएको थियो । विद्यार्थिहरुले विरुवा घरमा लगेर रोप्ने मात्रै नभएर त्यसको संरक्षणमा पनि ध्यान दिने बताएका थिए । भिक्टोरिया ईन्टरनेशन कलेजबाट सुरु भएको बृक्षारोपणको कार्यक्रम साताव्यापी रुपमा चल्ने जानकारी दिनुभएको थियो ।

 

वातावरण संरक्षण एवं सुन्दर, स्वच्छ र हरियाली वातावरण निर्माण गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ कार्यक्रमको सुरुवात गरिएको नेपाल युवा परिषद लुम्बिनी प्रदेशका सहसंयोजक शवी थारुले बताउनुभएको थियो । अभियानको पहिलो दिन शुक्रबार दुई जना युवाहरूबाट दुई सय वटा विभिन्न प्रकारका विरुवा रोपिएको छ । कार्यक्रममा वातावरण प्रहरीका विपिन आचार्य, विद्यार्थि मनोज गिरीलगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण ढकराज सुवेदिले गर्नुभएको थियो ।

Facebook Comments