• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीका २१ विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण




तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडाका २१ विपन्न घरपरिवारलाई निःशुल्क बाख्रा वितरण गरेको छ ।

विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रापालनमा आकर्षित गरि उनीहरूलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रतिपरिवार २ वटाका दरले ४२ वटा बाख्रा वितरण गरेको हाे।

गाउँपालिकाले गत बैशाख महिनामा विपन्न आयआर्जन कार्यक्रममा सहभागिताको लागि लक्षित समूहबाट आवेदन आह्वान गरेको थियो ।साेही कार्यक्रममा आवेदन दिई बाख्रा पालन सम्बन्धी अभिमुखीकरण तलिम समेत लिएका उनीहरूलाई साे बाख्रा वितरण गरिएको हाे।

साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न परिवारलाई बाख्रा वितरण गरि उनीहरूलाई व्यावसायिक बनाउने उदेश्य रहेको बताउनुभयो ।

नि:शुल्क वितरण गरेको बाख्रा कसैले बिक्रीवितरण वा काटेर खाएको पाइए त्यस्ता व्यक्तिहरूलाई कार्वाही गरिने बताउदै अध्यक्ष विष्टले त्यस्ता व्यक्तिहरुलाई आगामी दिनमा पालिकाबाट प्रदान गरिनेछ कुनै पनि अनुदान उपलब्ध नगराईने बताउनुभयो ।

त्यस्तै उहाँले वितरण गरिएको बाख्राकाे पहिलो सन्तान पालिकामा फिर्ता गर्नुपर्ने र फिर्ता गरिएको बाख्रा पुन: अर्को विपन्न परिवारलाई वितरण गरिने समेत बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले व्यावसायिक बाख्रा पालन बाट विपन्न परिवार आत्मनिर्भर बन्न सक्ने बताउनुभयो ।

वितरित बाख्राकाे बिमा समेत गरिएको जानकारी गराउदै पशुसेवा शाखा प्रमुख दामोदर आचार्यले बेलाबेलामा शाखाबाट अनुगमन गरिने र बाख्रामा कुनै प्रकारको समस्या देखिए पालिकामा खबर गर्न आग्रह गर्नुभयो ।

गतवर्ष पनि पालिकाले विपन्न परिवारलाई बाख्राकाे खाेर निर्माणकार्यमा अनुदान दिनुका साथै बिउ बाेका समेत प्रदान गरेकाे थियो ।

बाख्रा वितरण कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास विक,पशुसेवा शाखा प्रमुख दामोदर आचार्य ,जिन्सी शाखा प्रमुख तथा शिक्षा अधिकृत बासुदेव खनाल लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments