• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाद्वारा ६८ करोड बढीको बजेट सार्वजनिक 




तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६८ करोड ५९ लाख ७४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

गत बर्ष भन्दा २ करोड ८३ लाखले बजेट बढेर आएको हो । गत बर्ष ६५ करोड ७६ लाखको बिनियोजन गरिएको थियो ।

गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

“समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी” भन्ने मुल नाराका साथ आइतबार आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरिएको छ ।

आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि, श्रम र उद्यमशिलतालाई जोड दिइएको छ।

आगमी आर्थिक बर्षको चालु तर्फ ३० करोड ६७ लाख २४ हजार र पुँजीगत ३७ करोड ५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

जसमा अहिले चालु तर्फ ९० लाख ७६ हजारले घटेको छ भने पुँजीगत तर्फ ३ करोड ७९ लाख ५० हजारले बजेट बढेर आएको छ ।

जसमा चालु तर्फ संघीय सरकारबाट २० करोड २५ लाख २४ हजार, प्रदेश सरकारबाट १२ लाख र पालिकाको १० करोड ३० लाख बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ संघीय सरकारको ४ करोड २ लाख, प्रदेश सरकारको ३ करोड र पालिको ३० करोड ३ लाख ५० हजार बिनियोजन गरिएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ संघीय ससर्त अनुदान १६ करोड ४७ लाख ३९ हजार, संघीय सरकारको बिशेष अनुदान १ करोड ५० लाख, गाउँपालिका तर्फ ६ करोड ४७ लाख गरी कुल २४ करोड ४४ लाख २९ हजार रहेको छ ।

यस्तै स्वास्थ्य तर्फ संघीय ससर्त अनुदान २ करोड ४० लाख २५ हजार, गाउँपालिका तर्फ ३ करोड ८५ लाख गरी कुल ६ करोड २५ लाख २५ हजार बजेट विनियोजन गरिएको छ ।

कृषि तर्फ संघीय ससर्त अनुदान ६६ लाख १ हजार, प्रदेश ससर्त अनुदान १ करोड ३५ लाख, गाउँपालिकाको ४ लाख ५ हजार गरी कुल २ करोड ५ लाख ६ हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम तर्फ संघीय सरकार ससर्त अनुदान १७ लाख ९७ हजार, प्रदेश सरकारको ससर्त अनुदान १० लाख र गाउँपालिकाबाट ५८ लाख ५० हजार गरी कुल ८६ लाख २० हजार बजेट विनियोजन गरिएको छ ।

श्रम, रोजगार तथा उद्यमशीलता तर्फ ५० लाख, संघ, प्रदेश र गाउँपालिकाबाट भाैतिक पूर्वाधार तर्फ ११ करोड, ४४ लाख ३ हजार, वन वातावरण तथा विपद तर्फ ४४ लाख, खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन तर्फ ७० लाख, कला संस्कृति तथा पर्यटन तर्फ २८ लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ ५२ लाख ५० हजार, संस्थागत, सुशासन, संस्थागत व्यवस्थापन तथा सेवा प्रवाह तर्फ १ करोड ३३ लाख बजेट विनियोजन गरिएको पालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनु भयो ।

यस्तै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि वडागत बजेट समेत विनियोजन गरेको छ ।

जसअनुसार वडा नम्बर १ मा ६५ लाख ११ हजार, वडा नम्बर २ मा ९५ लाख, वडा नम्बर ३ मा ६६ लाख ९६ हजार, वडा नम्बर ४ मा ६४ लाख ५१ हजार ,वडा नम्बर ५ मा ६५ लाख ६८ हजार बजेट बिनियोजन गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर ६ मा ६४ लाख ३१ हजार, वडा नम्बर ७ मा ६३ लाख २४ हजार, वडा नम्बर ८ मा ६३ लाख ५६ हजार र वडा नम्बर ९ मा ६५ लाख १३ हजार बजेट विनियोजन गरिएको गरिएको छ।

यता चालु आर्थिक वर्षको पुँजीगत खर्च १२ करोड ९४ लाख ९२ हजार र चालु खर्च तर्फ असार पहिलो हप्ता सम्म कुल खर्च ३८ करोड ४१ लाख ८ हजार भएको छ ।

गत वर्ष भन्दा यस वर्ष आन्तिरिक राजश्व वृद्धि ,घरजग्गा जाँचपास, एकीकृत सम्पति कर संकलन बढ्ने भएकोले बजेट झण्डै ४ प्रतिशतले बढेको बताइएको छ।

सभामा गाउँसभाका सदस्य रिम बहादुर सुनारी मगरले विनियोजन विधेयक २०८१ र सभा सदस्य गेमे खड्‌काले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्नु भएको थियो ।

सभाका अध्यक्ष प्रकाश विष्टले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि प्राप्त हुने रचनात्मक सुझावलाई मार्गदर्शनको रुपमा लिई सबैको संयुक्त प्रयास, समन्वय, सहकार्य र अपनत्वबोधबाट राप्ती गाउँपालिकाकाे विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सभा पुन: असर १७ गते बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ।

Facebook Comments