• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीकाे माैरीघाटमा बेकरीसम्बन्धी सीप विकास तालिम शुरु




तुल बहादुर कवँर मगर 

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं.४ माैरीघाटमा १० दिने बेकरी सम्बन्धी सीप विकास तालिम शुरु भएको छ।

“सिप सिकौ आत्म निर्भर बनौ ” भन्ने मूल नाराका साथ गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत साे तालिम शुरु भएको हाे।

राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सीप सिकेर उद्यमी बन्नुपर्नेमा बताउनुभयो।

तालिमबाट सीप सिकेर त्यसलाई पूर्ण रूपले व्यवहारमा उतार्नुपर्ने बताउँदै अध्यक्ष विष्टले  उद्यमको क्षेत्रमा लागेर व्यावसायिक बन्नु पर्ने बताउनुभयो ।

त्यस्तै वडा अध्यक्ष बिर बहादुर चाैधरीले सीपले मानिसलाई आत्मानिर्भर बनाउने बताउदै तालिमले आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो।

१५ जना सहभागी रहेको तालिमकाे प्रशिक्षक कृष्ण बिक रहनु भएको छ।

गाउँपालिकाले विपन्न युवा र महिलाहरुलाई स्वराेजगार बनाउने उदेश्यले अन्य विभिन्न तालिमहरू समेत सञ्चालन गर्दै आइरहेको गाउँपालिकाले जनाएको छ।

Facebook Comments