• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीकाे सामाजिक विकास समितिको संयोजकमा विश्वकर्मा




दाङ । दाङको बंगलाचुली गाउँपालिकाको  सामाजिक बिकास समितिको संयोजकमा गणेश विश्वकर्मा चयन भएको छन्

स्थानीय सरकार सञ्चालन ऐनको दफा ६५, ६६ र ६७ बमोजिम  प्रत्येक स्थानिय तहमा  विभिन्न विषयगत समिति गठन गर्ने व्यवस्था अनुसार असार गते  ६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले विश्वकर्मालाई सामाजिक बिकास समितिको संयोजकमा  चयन गरिएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सिराम पुनले जानकारी दिनु भयो।

विषयगत समितिहरुलाई स्थानिय सरकारको मन्त्रालयको रूपमा समेत लिने गरिन्छ। यस अघि पालिकाको सामाजीक बिकास समितिको संयोजक बंगलाचुली गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष डोम बहादुर केसी रहनुभएको थियो।

संयोजक विश्वकर्मा बंगलाचुली गाउँपालिका वडा नम्बर १ निवासी हुन भने कार्यपालिका सदस्य समेत रहेका छन् ।

Facebook Comments