• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा व्यावसायिक बेसार उत्पादन प्रविधि तालिम सम्पन्न




तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकामा व्यावसायिक बेसार उत्पादन प्रविधि सम्बन्धी एक दिने तालिम बुधबार सम्पन्न भएको छ।

राप्ती बेसार उत्पादक कृषक समूहकी अध्यक्ष गाैरा जिसीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले लुम्बिनी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत पालिकाले बेसार प्रवर्द्धन कार्यक्रम अघि बढाएको बताउनुभयो ।

बेसार बहुउपयाेगी औंषधिय गुण भएको बनस्पति भएको बताउदै अध्यक्ष विष्टले यस खेतीबाट राम्रो आम्दानी समेत गर्न सकिने बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले पहिलो चरणमा पालिकाले कृषकहरूलाई पचास प्रतिशत अनुदानमा बेसारकाे बीउ प्रदान गर्ने र लगत्तै कुनै कृषि फर्म सँग साझेदारी गरेर बेसार उद्योग सञ्चालन गर्ने बताउनुभयो ।

तालिममा बेसारकाे महत्त्व,उपयाेगीता र उन्नत खेती प्रविधिकाे बारेमा जानकारी गराइएकाे थियोे ।

गाउँपालिका अन्तर्गत रहेका विभिन्न वडाका ३० जना सहभागी रहेको तालिमकाे प्रशिक्षकमा राप्ती गाउँपालिकाका कृषि अधिकृत प्रदिप खत्री रहनु भएको थियो।

Facebook Comments