कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकाले पालिकाको चौथो बजेट अधिवेशनको तयारी व्यापक बनाएको छ ।सोही अनुसार बंगलाचुली गाउँपालिकाले पालिकामा क्रियासील विभिन्न राजनीतिक दल,गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरु संग राय सुझाव संकलन गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले भौतिक विकास,शुशासन र सेवाप्रवाहलाई आउने बजेटमा जोड दिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले गाउँपालिकाले अघिसारेका जनपक्षिय कामलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड दिएका छन् । उनीहरुले एकघर एकधारा कार्यक्रमलाई प्रभावकारी हुनेगरी काम अघि बढाउन सुझाव दिएका छन् । साथै उनीहरुले क्षमता विकास तालिम,अनुदानका कार्यक्रम,कृषिका कार्यक्रम, भौतिक विकासका कामलाई उपलब्धिमुलक हुने गरी कामगर्न सुझाव दिएका छन्।
कार्यक्रममा नेकपा माओबादी केन्द्र बंगलाचुलीका अध्यक्ष डोमाकान्त कावरमगर,नेपाली काग्रेसका शभापती जागेश्वर अधिकारी,नेकपा एमालेका कोषाअध्यक्ष शुसिल परियार, नेकपाका बंगलाचुली संयोजक भिम बहादुर राना,जनमोर्चाका अध्यक्ष सुमन घर्ती लगाएतले आफ्नो सल्लाह सुझावहरु गाउँपालिकालाई दिनुभएको थियो ।
बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले विषय पर्वेश गराउनुभएको कार्यक्रममा अध्यक्ष तुल्सीराम पुनमरले गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा गरेको कार्यप्रगतिको समिक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष पुनले दलहरुका प्रतिनिधिहरुबाट उठेका विषय वस्तुलाई आगामि वजेटमा समेटिने बताउनुभएको थियो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्वर एकका अध्यक्ष विष्णु कवर, दुईका अध्यक्ष मैते पुनमगर,तिनका अध्यक्ष शोभाराज विश्वकर्मा, चारका अध्यक्ष डाँस बहादुर डाँगी,पाँचका अध्यक्ष लिला बहादुर घर्ती,छ का अध्यक्ष डोम बहादुर केसी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकिले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
