• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठान परिसरको पार्किङमा शुल्क लगाउने निर्णयको नेविसंघद्वारा विरोध




घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले पार्किङ शुल्क लिउने भए पछि नेपाल विद्यार्थी संघ दाङ जिल्लाले विरुद्ध जनाएको छ ।

२०८१ साल असार ४ गते मंगलबार देखि लागु हुने गरी सडकमा राख्दै आएका सवारीका साधनलाई अनिवार्यरुपमा पार्किङ स्थलमा शूल्क लिएर पार्किङ गर्ने निर्णय तत्काल फिर्ता लिउन माग गर्दै नेपाल विद्यार्थी संघ दाङले जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्ञापन पत्र बुझाएको नेविसंघ जिल्ला अध्यक्ष कुलराज पोख्रेल जानकारी दिए ।

अध्यक्ष पोख्रेलले प्रतिष्ठानको अगाडी हुँदै आएको अव्यवस्थित पार्किङ हटाउने निर्णय स्वागत योग्य छ तर शूल्क असुल गर्ने निर्णय गलत भएको भन्दै उक्त निर्णय यथास्रिघ फिर्ता लिउन आग्रह गरेको बताउदै फिर्ता नगेरमा नेविसंघले आन्दोल गर्ने समेत बताए ।

ज्ञापन पत्रमा उल्लेखित

उपरोक्त सम्बन्धमा यस प्रतिष्ठानले सवारी साधन पार्किङ गरे वापत शूल्क असुल गर्ने भन्दै गत शुक्रबार भएको निर्णय प्रति नेपाल विद्यार्थी संघ दाङको गम्भिर आपत्ति छ । प्रतिष्ठानको अगाडी हुँदै आएको अव्यवस्थित पार्किङ हटाउने निर्णय स्वागत योग्य छ । तर पार्किङलाई व्यवस्थित गर्ने नाममा पार्किङ शूल्क असुल गर्ने निर्णय किमार्थ स्वीकार्य छैन । प्रतिष्ठानले आफ्नो जग्गा भाडामा दिएको र सोही जग्गामा पार्किङको व्यवस्था गरि व्यक्ति विशेषलाई फाईदा पुग्ने गरि गरिएको निर्णय आम नागरिकको अहितमा छ । विरामी उपचारका लागि जाने अस्पतालले उनै बिरामीबाट पार्किङ शूल्कको नाममा रकम असुलेर थप समस्या र पीडामा पार्ने काम स्वास्थ्य जस्तो संवेदनशिल निकायबाट हुनु निकै खेद जनक छ । अतः प्रतिष्ठानले भाडामा दिएको जग्गा फिर्ता ल्याई उक्त जग्गामा गर्ने भनिएको पार्किङ निशूल्क व्यवस्था गर्न नेविसंघ जोडदार माग गर्दछ । अन्यथा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा गरिएको यो लुटतन्त्रको खिलाफमा नेविसंघ मैदानमा उत्रने छ ।

Facebook Comments