देउखुरी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी घोषणा गरेर सम्पूर्ण कार्यालय राजधानीमा सरेको लामो समय पछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् लुबिनी प्रदेश कार्यालय प्रदेशको राजधानी दाङमा सरेको छ ।
लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको भएको झण्डै एक बर्ष छ महिनापछि एक कार्यक्रमको आयोजना गरि लमहीको रातोडाँडामा कार्यालय स्थापना तथा कार्यालयको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले ढिलै भए पनि सिटिइभिटी कार्यालय राजधानीमा सरेर संघियता कार्यन्वयनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले कार्यालय व्यक्तिको अनुकुल भन्दा पनि संघियताको मर्म अनुसार उपयुक्त स्थानमा हुनुपर्ने भन्दै कार्यालय सरेकोमा सबैले खुसियाली मनाउनुपर्ने बताउनुभयो ।
सिटिइभिटी लुम्बिनी प्रदेश निर्देश गोपाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उप निर्देशक यादव सुवेदीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
