• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा नि:शुल्क पशु स्वास्थ्य शिविरमा चार हजार बढी पशुको उपचार




तुल बहादुर कवँर मगर
मसुरीया । दाङको राप्ती गाउँपालिकाद्वारा पालिकाकाे वडा नम्बर ५ र ९ का विभिन्न स्थानमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गत मंगलबारदेखि बिहीबार सम्म सञ्चालित शिविरमा २ हजार ५ सय ५ वटा बाख्रा,३ सय ८० वटा गाई,३८ वटा भैसी,१० वटा कुकुर ,१९ वटा बङ्गुर र १ हजार ७ सय ५९ वटा कुखुराहरुलाई उपचार एवम् आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औंषधि वितरण गरिनुका साथै २७ वटा कुकुरमा रेबिज खोप, ४२ वटा बोका तथा ७ वटा बहरको बन्ध्याकरण गरिएको पशु प्राविधिक कमल पुन मगरले जानकारी दिनुभयो।

शिविरमा पशुहरुमा देखिने विभिन्न किसिमका आन्तरिक तथा बाह्य रोगहरु नियन्त्रण र रोकथाम सम्बन्धी खोप,औषधी वितरण, भाले पशुहरुको बन्ध्याकरण गरिनुका साथै ब्यवस्थित पशुपालन सम्बन्धि परामर्श समेत दिईएको पशु सेवा विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो ।

शिविर वडा नम्बर ५ को भुल्के र वडा नम्बर ९ को रुपाकोट,जाबुने र तल्लो घाेसखाेला गरि ४ स्थानमा सञ्चालन गरिएको थियो।

गाउँपालिकाले पशुसेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरि सो शिविर संचालन गरेको हो।

गाउँमै शिविर सञ्चालन भए पछि पशुपालक किसानहरू खुशी समेत भएका छन्।

Facebook Comments