• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ जिल्ला अदालतका न्यायाधिसहरुद्वारा बंगलाचुली गाउँपालिकाका न्यायिक समितिको अनुगमन




कमिरेचौर ।दाङ जिल्ला अदालतका जिल्ला न्यायाधिश तेजनारायण पौडेलले स्थानिय सरकार संचालन ऐनले न्यायिक समितिलाई दिएको अधिकारको पूर्णरुपमा प्रयोग गर्न सुझाव दिनुभएको छ । उहाँले जनताको नजिकको अदालत भनेको स्थानिय न्यायिक समिति रहेको बताउँदै सो ऐनले दिएका अधिकारलाई असल नियतका साथ पूर्णरुपमा उपयोग गर्दै मुद्दाको किनारा लगाउन सकेमा जनतालाई न्यायको आभाष दिलाउन सकिने बताउनुभयो ।

आज बंगलालचुली गाउँपालिकाको न्यायिक समितिको अनुगमनका क्रममा आयोजित भेटघाट कार्यक्रममा न्यायाधिस तेजनारायण पौडेलले यस्तो कुरा राख्नुभएको हो । उहाँले बंगलाचुली गाउँपालिकामा न्याय निरुपणका लागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । न्यायाधिस पौडेल सहितको टोलिले बंगलाचुली गाउँपालिकाको न्यायिक समितिमा परेको मुद्दाको अवस्था,ईजालस कक्ष लगाएतको अनुगमन गरेको छ । सो अवसरमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भक्त बहादुर जिसीले बंगलाचुली गाउँपालिकाको न्याय निरुपरणका लागि भएका सहजता असहजताका विषयमा न्यायाधिस पौडेले राख्नुभएको विभिन्न जिज्ञासाको जवाफ दिनुभएको थियो । भने न्यायाधिस पौडेलले विभिन्न सल्लाह सुझाव समेत दिनुभएको थियो ।

सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,जिल्ला न्याधिस ताराकुमारी शर्मा, बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी ,दाङ जिल्ला अदालतका श्रेष्तेदार दामोदर घिमिरे,तहसिलदार अमृत पौडेल,नावय शुव्बा पदम कार्की , न्यायिक समितिका सदस्य रमा कुमारी पुन, बंगलाचुली गाउँपालिकाका कानुनि सल्लाहकार अधिवक्ता किरण पौडेल लगाएतको सहभागिता रहेको थियो ।

Facebook Comments