होलेरी । रोल्पाको होलेरीमा आजबाट हाटबजार पुनः सञ्चालनमा आएको छ । तरकारीको सिजन सकिएपछि बन्द रहेको हाटबजार आज बुधबारदेखि शुरु भएको हो ।
१५ वटा स्टल रहेको हाटबजारमा रुन्टीगढीका कृषकहरुले टमाटर, बन्दा,खुर्सानी लगाएत अन्य तरकारीहरु लिएर बिक्री गरेका थिए ।
रुन्टीगढीका कृषकहरुलाई मध्यनजर गरेर सञ्चालन गरेको हाटबजारमा ब्यापारी कृषक लगायतको सहभागिता रहेको थियो ।
यस वर्षको आजबाट सुरुभएको हाटबजार रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनद्वारा तरकारी तौल गरी हाटबजारको उद्घाटन गरिएको हो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।