• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा सञ्चालित तीनदिने व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सम्पन्न




तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित तीन दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम बिहिवार सम्पन्न भएको छ।

गाउँपालिकाकाे विपन्न आयआर्जन कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे।

पालिकाले किसानहरुलाई व्यवसायिक बाख्रा पालन तर्फ अग्रसर गराउने उदेश्यले तालिमको आयोजना गरेको हाे।

तालिममा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्य र पशु प्राविधिक कमल पुन मगरले बाख्राकाे जात,नश्ल सुधार, खाेर व्यवस्थापन,बाख्रामा देखिने राेग तथा परिजिबी,व्यावसायिक बाख्रा पालन गर्दाका फाईदा तथा चुनाैती र बाख्राकाे आहाराकाे बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

तालिममा २१ जना किसानहरुकाे सहभागिता रहेको थियो ।

Facebook Comments