• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व वातावरण दिवसको अवसरमा सरसफाइ र वृक्षारोपण




श्रवण कुमार यादव
देउखुरी। “हाम्रो भूमि हाम्रोे भविष्य” नाराका साथ विश्व वातावरण दिवस–२०८१ को अवसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, दाङको आयोजना स्ट्रोम फाउन्डेसनकोे सहयोग तथा राजपुर गाउँपालिका वडा नं २ काे समन्वयमा बुधबार श्री जन ज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, दाङकी अनुगमन तथा मूल्याङ्कन अधिकृत अर्चना भुषालले भन्नुभयो “भूमि हाम्रो पहिचान, संस्कार, र जीविकाको स्रोत हो, र यसको सही उपयोगले आर्थिक समृद्धि, पर्यावरणीय सन्तुलन, र सामाजिक विकासमा योगदान पुर्‍याउँछ।” उहाँले आफ्नो वरिपरी हरियाली पुनस्र्थापना एवम् प्रवर्धन गरी स्वच्छ वातावरण कायम गर्ने र प्रकृतिप्रति उत्तरदायित्वको भावना जगाउने महत्वमा जोड दिनुभएको थियो ।

जन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव राम यादवले मान्छेले वनजङ्गल सखाप गर्दै गइरहेको र प्रकृति दूषित गरिरहेको बताउनुभयो। उहाँले घर अगाडि, वरिपरी रहेको खुला ठाउँमा वृक्षारोपण गरे मात्रै भावीपुस्ताका लागि कृषि, वन, जल स्रोत र सांस्कृतिक सम्पदाको दिगो उपयोग र संरक्षण गर्न सकिने भन्नुभयो।

विद्यालयका इको शिक्षक मिन बहादुर चौधरीले सरसफाई अभियान र वृक्षारोपण गरी विद्यालयकाे वातावरण संरक्षण र दिगो भविष्य निर्माण गर्न विद्यालयमा गठित इको क्लबले प्रतिबद्धता देखाएको बताउनुभयो।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, दाङकी अनुगमन तथा मूल्याङ्कन अधिकृत अर्चना भुषाल, सामुदायीक शशक्तिकरण सहजकर्ता राममोती चौधरी, विद्यालयका प्रधानाध्यापक केशव राम यादव, विद्यालयका इको शिक्षक मिन बहादुर चौधरी लगायतका शिक्षक, कर्मचारी तथा विद्यालयमा गठित इको क्लबका विद्यार्थीहरू सहभागी भएका थिए।

त्यस्तै सोही अवसरमा राजपुर गाउँपालिका वडा नं २ काे चप्पफा गाँउ र वडा नं ३ स्थित श्री शंकर माध्यमिक विद्यालयमा पनि वृक्षारोपण तथा सरसफाई कार्यक्रम भएको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका सामुदायीक शशक्तिकरण सहजकर्ता राममोती चौधरीले जानकारी दिनुभयो।

Facebook Comments