• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व वातावरण दिवसको अवसरमा राप्तीमा १८ सय बढी वृक्षारोपण 




तुल बहादुर कवँर मगर 

देउखुरी । विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका -२ कठाहामा अठार सय बढी बिरुवा रोपण गरिएको छ ।

राप्ती गाउँपालिकाकाे आयोजना तथा सव डिभिजन वन कार्यालय गढवाको सहयोगमा राप्ती नदिकाे तटिय क्षेत्रमा रहेको करिब २ हेक्टर सार्वजनिक जग्गामा बिरुवा रोपण गरिएको हो।

मौवा,जामुन,सिसाै,खयर,बकाइनाे,काेईरालाे सित्तलचिनी,गुल्मोहर,निलमर लगायत विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको गाउँपालिकाका वन प्राविधिक बिपिन भुसालले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा रहेको करिब २० हेक्टर जग्गालाई सार्वजनिक वन बनाउने उदेश्यले विभिन्न प्रजातिका २२ हजार बिरुवा राेप्ने तयारी समेत गरिएको प्राविधिक भुसालले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडाका नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,सामाजिक अभियान्ता बसन्तराज शर्मा, सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरी,पालिकाका कर्मचारी,वन उपभोक्त समूहका पदाधिकारी तथा स्थानीय बासिन्दाहरुकाे सहभागिता रहेको थियो ।

साे अवसरमा बाेल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पालिकाका विभिन्न ठाउँमा रहेका सार्वजनिक जग्गालाई हरियाली बनाउने उद्देश्यले बिरुवा रोपिएको बताउनुभयो ।

वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो ।

त्यस्तै अध्यक्ष विष्टले वातावरण संरक्षणबिना मानवजातीको समेत संरक्षण हुन नसक्ने बताउँदै विश्वव्यापी रुपमा भैरहेको वातावरण विनासले मानवजाती माथि नै संकट सृजना भएको बताउनुभयो।

वन कार्यालयले बिरुवा सहयोग गरेपछि वृक्षारोपण सहज भएको बताउँदै कार्यक्रममा सहभागी सबैप्रति अध्यक्ष विष्टले अभार व्यक्त गर्नुभयो ।

Facebook Comments