• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रेडियोलोजिष्ट नयाँ थपिएपछि प्रतिष्ठानमा सिटी स्क्यानको रिपोर्ट समयमै आउन थाल्यो




दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक रेडियोलोजिष्ट थप भएपछि सिटी स्क्यानको रिपोर्ट समयमा नै आउन थालेको छ । हाल दैनिक २० जना विरामीको सिटी स्क्यान हुँदै आएको छ । यसअघि जनशक्तिको अभावमा सिटी स्क्यान भएपनि रिपोर्ट आउन ढिला हुने गरेको जन गुनासो आएपछि प्रतिष्ठानले त्यसलाई सुधार गर्दै लगेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले सिटी स्क्यान, एमआरआइको रिपोर्ट समयमै आउने गरी जनशक्ती ब्यवस्थापनलाई थप जोड दिइएको बताउनुभयो । प्रतिष्ठानमा भिडियो एक्सरे गर्न भिडभाड भएपछि एउटै जनशक्तिले एमआरआई र सिटी स्क्यानको रिपोर्ट दिन ढिलाई हुने गरेकोमा पछिल्लो पटक रेडियोलोजी विभागमा नयाँ रेडियोलोजिष्ट थपिएपछि सेवा अझै ब्यवस्थित बन्दै गएको छ । यसैगरेर प्रतिष्ठानमा औषधि लिनका लागी भिड हुँदै आएपछि थप काउन्टर थप्ने तयारी भइरहेको छ भने नाम लेखाउन र विलिङ काउन्टर पनि अतिरीक्त थप्ने कार्यलाई तिव्रता दिइएको छ । प्रतिष्ठानमा सबैभन्दा ठुलो क्षमताको १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन रहेको छ ।

प्रतिष्ठानका मेडिकल इमेजिङ टेक्नोलोजिष्ट सन्दीप गौतमले हालसम्म ८ हजार जना बढि विरामीको सिटि स्क्यान गरीएको जानकारी दिनुभयो । उहाँले टाउकोको सिटी स्क्यान गरिएका विरामीलाई अहिले सम्भव भएसम्म सोही दिन र नभए अर्को दिनसम्म रिपोर्ट दिने ब्यवस्था मिलाईएको जानकारी दिदै अन्य विरामीको हकमा सिटी स्क्यान गरेको चार दिनसम्म रिपोर्ट दिन सकिने बताउनुभयो । अझै प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्ट थपिए सिटी स्क्यान र एमआरआई मेसिनको रिपोर्ट छिटोछरीतोरुपमा निकालेर विरामीलाई दिन सकिने बताए ।

प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले २०७७ साल पौषदेखि २०८१ बैशाख मसान्तसम्म ८ हजार ४ सय ७६ जना विरामीले सिटि स्क्यानको सेवा प्राप्त गरेको जानकारी दिनुभयो । त्यस्तै सुचना अधिकारी भट्टराइले दिएका जानकारी अनुसार २०७९ कार्तिकदेखि २०८१ बैशाख मसान्तसम्म २ सय ८६ जना विरामीले एमआरआई सेवा प्राप्त गरेका छन् ।

प्रतिष्ठानमा एमआरआई र सिटी स्क्यानको सेवाले उपचारमा आउने विरामीको रोगको डाइग्नोसिस गर्न सहयोग पुर्याएको र साना देखी ठुला अप्रेसन गर्न सहजता थपिएको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले बताउनुभयो ।

Facebook Comments