• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जातिय भेदभाव तथा छुवाछुट उन्मुलन राष्ट्रिय दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम




श्रवण कुमार यादव
गढवा। जातिय भेदभाव तथा छुवाछुट उन्मुलन राष्ट्रिय दिवस २०८१ को अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

राजपुर गाउँपालिका-२, स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान, कानूनमा भएको व्यवस्था र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका विविध जागरणमूलक विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो।

ईलाका प्रहरी कार्यालय गढवाकोे आयोजना तथा जन ज्योति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक केशव राम यादवको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्र/छात्रा गरी करिब १४०-१५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

ईलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीबाट प्रशिक्षण प्रदान गरी कार्यक्रम सम्पन्न गरिएकाे थियाे।

Facebook Comments