हेमन्त प्रकाश वली
दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ ।
नेकपा दाङका जिल्ला सेक्रेटरी तिलक सीले दाङका गुठी पीडितमाथी प्रदर्शनको क्रममा भएको प्रहरी दमनको बिरोध गर्दै उक्त घोषणा गरेको हो ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा स्वर्गद्वारी गोरक्ष लगाएत गुठी पिडित किसानहरुले राज्यको तर्फबाट गरिएका विभिन्न सहमति सम्झौताहरु यथासिघ्र कार्यान्वयनको माग गर्दै मालपोत कार्यालय र नापी कार्यालय घोराहीमा शान्तिपुर्ण संघर्षको क्रममा १० जना किसानहरुलाइ घाइते बनाएको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
बिज्ञप्तीमा जमिनको स्वामित्व मागिरहेका किसानहरुमाथी गरिएको दमन र ज्यादतीको निन्दा र भत्सर्ना गर्दै घाइतेहरुको भरपर्दो निशुल्क निशुल्क व्यवस्था मिलाउन गम्भीर ध्यानाकर्षण गराइएको छ ।
बिज्ञप्तीमा किसानहरुले चलाइरहेको संघर्षमा पार्टीको बिगतदेखि नै सहयोग र समर्थन रहँदै आएको र आजदेखि किसानले थालेको आन्दोलनमा पनि पुर्ण समर्थन सहित सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ ।
यस्तै प्रचण्ड-केपी सरकारले किसानलाई जमिनको पुर्ण स्वामित्व यथासिघ्र उपलब्ध गराउन जोडदार माग गरिएको छ । साथै किसानमाथीको दमनकारी रवैया नरोके पार्टीको तर्फबाट कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
प्रेस बिज्ञप्ति पूरा पाठ यस्तो छ:

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
