घोराही । दाङमा हावाहुरीसहितको वर्षाले घर भत्किँदा एकजना वृद्धको मृत्यु भएको छ। शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।

उनको परिवारमा तीनजना रहेका थिए। तर, हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र थिए। हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो।
उनकी श्रीमती भने सकुशल रहेको तुलसीपुर १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

