• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पिपरीमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न




देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकाको आयोजनामा एकदिने कानुनी साक्षरता कार्यक्रम वडा नं. ८ काे पिपरी शनिबारमा सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिकि संयाेजक कमलापती चाैधरीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहहरुबाट हेरिने मुद्दा र यसको प्रकृतिका बारेमा जानकारी गराइएको थियो ।

गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता हरि बेल्वासेले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समितिले हेर्ने मुद्दाहरु, न्यायिक निरुपण गर्दा अपनाइने सामान्य सैद्धान्तिक आधार, स्थानीय तहबाट निरुपण हुने विवादका विविध पक्षमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा टोल विकास संस्थाका सदस्य एवं नागरिक अगुवाहरुकाे सहभागीता रहेको थियो ।

Facebook Comments