• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा नेविसंघ प्रशिक्षण




दाङ । दाङमा एक दिने नेतृत्व विकास,क्षमता विकास र नेविसंघको ऐतिहासिक पृष्ठभुमि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल विद्यार्थी संघ दाङ जिल्लाको आयोजनामा घोराहीमा भएको कार्यक्रममा दाङ जिल्ला भरी बाट २ सय भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा  प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले मुलुकका हरेक आन्दोलन विद्यार्थी आन्दोलनको साथले सफल भएका कारण विद्यार्थीहरुले चाहे जस्तो सुकै आन्दोलनहरु सफल बनाउने बताए । उनले स्कुल र क्याम्पसे जीवनमा राजनीति नबुझेपछि गाह्रो हुने हुँदा अहिले नै राजनीतिका बारेमा विद्यार्थीले चासो राख्नुपर्ने धारण व्यक्त गरे ।

कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य निरज गिरि, मुख्य प्रशिक्षक भोला अधिकारी, प्रशिक्षकहरु बम बहादुर डांगी
सुदिप गौतम र निशान्त आचार्य र महेन्द्र बहुमुखी क्याम्पसका इकाई सभापति समीर केसी लगायतको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम भएको थियो ।

नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको सभापति तथा जिल्ला सदस्य गुरु गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य अर्जुन भट्टराईले गरेका थिए ।

Facebook Comments