• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अत्यधिक गर्मीका कारण राप्तीका विद्यालयमा थप दुई दिन बिदा




तुल बहादुर कवँर मगर
देउखुरी । अत्यधिक गर्मीका कारण दाङको राप्ती गाउँपालिकाले विद्यालयमा जेठ २० र २१ गते दुई दिन गर्मी विदा थप गरेको छ ।

गर्मी बढेपछि पहिलोपटक २ दिन गर्मी विदा गरेको गाउँपालिकाले पुनः २ दिन गर्मी बिदा थप गरेको हो ।

अत्यधिक गर्मीले विद्यार्थीहरु बढी प्रभावित भएको भन्दै गाउँपालिकाले जेठ १७ र १८ दुई दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो भने पुनः २० र २१ गते विदा थप गरिएको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।

दाङ जिल्लामा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि पुगेको छ ।

थप विदा पछि पनि माैसममा सुधार नभए पुनः विदा थप गर्न सकिने पालिकाले जनाएको छ।

गर्मीका कारण विद्यालयमा विद्यार्थीहरूकाे स्वस्थ्यमा समस्या देखिन थालेपछि राप्ती गाउँपालिका सहित दाङ देउखुरीका सबै स्थानीय तहले विद्यालयमा विदा दिएका छन् ।

Facebook Comments