• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु




दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको हो ।

बिहीबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा विहीबार राति ९ बजेतिर मृत्यु भएको हो ।

दाङ तुलसीपुर २ कुमल गडी स्थित कुमलगडीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र बिपरित दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ बर्षीय रुद्र बहादुर थापा घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ । कुमलगडीमा उक्त दुर्घटना भएको हो ।

 

Facebook Comments