• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न




तुल बहादुर कवँर मगर

देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकाको आयोजनामा एकदिने कानुनी साक्षरता कार्यक्रम वडा नं. ३ काे मसुरीयामा सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिकी संयाेजक कमलापती चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहहरुबाट हेरिने मुद्दा र यसको प्रकृतिका बारेमा जानकारी गराइएको थियो ।

गाउँपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता हरि बेल्वासेले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समितिले हेर्ने मुद्दाहरु, न्यायिक निरुपण गर्दा अपनाइने सामान्य सैद्धान्तिक आधार, स्थानीय तहबाट निरुपण हुने विवादका विविध पक्षमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा स्थानीयस्तरका मुद्दा मामिलामा टोल विकास संस्थाहरुकाे पनि मध्यस्थतामा भूमिका हुन सक्ने भएकोले वडा नं.३ मा गठित टोल विकास संस्थाका सदस्य र नागरिक अगुवाहरुलाई सहभागी गराइएको थियो ।

Facebook Comments