श्रवण कुमार यादव
राजपुर । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नं २ मटेरिया स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा रक्तअल्पता शिविर सम्पन्न भएको छ।
श्री जन ज्योति माध्यमिक विद्यालयमा सामुदायिक विद्यालयमा किशोरीहरुको रक्तअल्पता परिक्षण अभियान कार्यक्रम अन्तर्गत रक्तअल्पता,रक्तसमूह जाँच सम्बन्धि शिविर सम्पन्न भएको हो।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यलय दाङको आयोजना र जन ज्योति माविको समन्वयमा गरीएको परिक्षण १० बर्ष माथि उमेरका कक्षा ६ देखि ११ सम्म पढ्ने १ सय ७७ जना किशोरीको परिक्षण गराएकोमा करिब २१ जनामा किशोरी रक्तअल्पता देखिएको स्वास्थ्य कार्यलय जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यलयले जिल्लाका सबै स्थानीय तहमा पहिलो चरण १० पालिकाका दुई-दुई सामुदायिक विद्यालय गरी २० विद्यालयमा पढ्ने किशोरीहरुमा रक्तअल्पता परिक्षण गरीने स्वास्थ्य कार्यलयका ल्याब टेक्निसियन निरीक्षक देवीलाल डाँगीले जानकारी दिनुभयो।
शिविर सञ्चालनले किशोरीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि टेवा पुग्ने डाँगीले बताउनुभयो।
जिल्लाका सबै पालिकामा परिक्षण गर्दै जाने स्वास्थ्य कार्यलयले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

