• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यादव समाज सेवा संघको अध्यक्षमा हिरालाल निर्वाचित




श्रवण कुमार यादव
देउखुरी। यादव समाज सेवा संघ केन्द्रीय कार्यालय गढवाको आठौं महाधिवेशनबाट अध्यक्षमा हिरालाल यादव विजयी भएका छन्।

शनिबार सम्पन्न निर्वाचन परिणाम अनुसार राम प्रताव यादवलाई पराजित गर्दै हिरालाल यादव आगामी ३ बर्षे कार्यकालका लागि यादव समाज सेवा संघको अध्यक्षमा पुनः दोस्रो पटक विजयी भएका हुन्। हिरालालले १ हजार ७४ मत प्राप्त गर्दा पराजित राम प्रताव यादवले १ हजार ६१ मत पाएका थिए। दुबैजनाको मतान्तर जम्मा १३ मत रहेको छ। त्यस्तै राम दास यादवले १ सय ६४ मत ल्याई पराजित भएका हुन्।

त्यसैगरी उपाध्यक्षमा छेदी यादव(जोखु) १ हजार १ सय ४८ मत ल्याई विजयी भएका हुन् । संघको कोषाअध्यक्षमा गिता कुमारी यादव भने निर्विरोध निर्वाचित भएकी हुन्। संघको महासचिवमा रामवरण यादव १ हजार १ सय १९ मत ल्याई निर्वाचित हुन् सफल भएका छन् । सचिवमा १ हजार २ सय १ मत प्राप्त गरि एक राज यादव विजयी भएका हुन्।

त्यस्तै सदस्य पदमा क्रमशः मुक्ति नाथ यादव १ हजार २ सय १५, बासु देव यादव १ हजार ५७ , गुरुदिन यादव १ हजार २ सय १७ मत ल्याई निर्वाचित भएका छन्।

महाधिवेशनले ३ जना महिला र बाँकी ४ जना थप सदस्य मनोनित हुनेगरी १५ जनाकाे नयाँ कार्यसमिति रहने निर्वाचन समितिका संयोजक त्रिजोगी नारायण यादवले बताउनुभयो।

संघमा जम्मा कूल तीन हजार छ सय ८१ जना मतदाता सदस्यहरु मध्ये २ हजार ५ सय ५९ जना मतदान गरेकाे निर्वाचन समितिले जनाएको छ।

Facebook Comments