• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनपत्रकार संगठनको सचिवालय बैठक सम्पन्न, प्रकाशको नेतृत्वमा चुनावमा जाने निर्णय




शोभराज बराल

काठमाडौं – जनपत्रकार संगठन नेपालको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय गरेको छ ।

शुक्रबार बुद्धनगरमा बसेको बैठकले प्रकाशको नेतृत्वमा बसन्त वि.क, शोभराज बराल, शाहस भट्ट, सुदर्शनराज पाण्डेलाई केन्द्रमा पठाउने निर्णय गरेको छ । आगामी जेठ २६ गते हुने निर्वाचनमा एलायन्सका लागि अरु संगठनहरुसँग छलफल गर्ने अध्यक्षको नेतृत्वमा कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा उपाध्यक्ष जानकारी चौधरी र सल्लाहकार राजेन्द्र चिमौरिया लगायत रहेका छन् । शेरबहादुरको अध्यक्षतामा बसेको बैठकमा नेकपा स्थायी समिति सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो ।

बैंठकलाई सम्बोधन गर्दै अनिल सीले संगठन वैचारिक र राजनीतिक रुपमा बलियो भएकाले संगठनको जित निश्चित भएको बताए । साथै, उनले संगठनका सबै उम्मेदवारलाई सहयोग गर्न निर्देशन पनि दिए ।

Facebook Comments