• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गायिका तृष्णा गुरुङले घोराहीको बिसौनामा लाइभ कन्सर्ट गर्ने




दाङ । गायिका तृष्णा गुरुङले दाङको घोराहीस्थित बिसौना रेष्टोमा लाइभ कन्सर्ट गर्ने भएकी छन्।

उनले बुद्ध जयन्तीको अवसरमा जेठ १० गते बिहिवार साझ ६ बजेदेखि राती ९ बजे सम्म  आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने बिसौनाको सञ्चालक निरज गिरिले जानकारी दिए।

उनका माया पिरती, खानी हो यामी, गाइने दाजैले, साँझको बेला, तिम्रो मेरो प्रेम, गुराँसै फुल्योसहित दर्जन बढी आफ्ना चर्चित रहेको छ ।

गायिका गुरुङ भ्वाइस अफ नेपाल तेस्रो सिजनकी कोचसमेत हुन्।

उक्त लाइभ कन्सर्टमा प्रवेशका लागि टिकट शुल्क १ हजार रुपैया र कन्सर्ट दिनमा टिकट शुल्क १ हजार २ सय रुपैया रहेको सञ्चालक गिरिले जानकारी दिएका छन् ।

फोन बाट पनि टेबल र टिकट अग्रिम बुक गर्नका सकिने बताए सम्पर्क लागि ०८२५६४२०३ रहेको छ ।

Facebook Comments