• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खानी तथा भूगर्भ विभागद्वारा दाङमा संचालित विभिन्न सिमेन्ट उद्योगहरुको चुनढुङ्गा उत्खनन् बन्द




जीवन नेपाली
दाङ । खानी तथा भूगर्भ विभागले दाङको विभिन्न स्थानमा रहेका सिमेन्ट उद्योगहरुको चुनढुङ्गा उत्खनन् कार्यलाई बन्द गराएको छ । विभागले दाङको बंगलाचुली गाउँपालिकाको विभिन्न वडामा रहेको सम्राट सिमेन्ट कम्पनी प्रा. लि., ,सगरमाथा सिमेन्ट उद्योगको विश्वकर्मा माईन्स एण्ड मिनरल्स प्रा. लि., र शुभश्री अग्नी सिमेन्ट उद्योग लिमिटेड र बवई गाउँपालिकाको दाङ्ग सिमेन्ट ईन्डस्ट्रिज प्रा.ली. को चुनढुङ्गा उत्खनन् कार्यलाई रोक्का गराएको हो ।

सिमेन्ट उद्योगहरुले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को देहाय (ङ) वमोजिम खनिज पदार्थ भण्डारण गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरू राख्नुपर्ने कानुनी प्रावधान अनुसार उत्खनित परिमाणको मापन गर्ने यथोचित यन्त्र ( तौलपुल) राख्नु पर्नेमा नराखेको भन्दै खनिज स्थगतको निर्देशन दिएको विभागद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । खानी तथा भूगर्भ विभागले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५(३) बमोजिम खानीवाट उत्खनन् / खानी संचालन स्थगन गराएको पत्रमा उल्लेख गरिएको छ ।विभागको जेठ तिन गतेको विभागिय निणर्य अनुसार खनिज कार्य स्थगन गराएको हो ।
खानी विभागले सिमेन्ट उद्योगहरुलाई पटक पटक सार्वजनिक सूचना मार्फत उत्खनित परिमाणको मापन गर्ने यथोचित यन्त्र ( तौलपुल) राख्न गरेको ताकेतालाई वेवास्ता गरेको र खनिज उद्योगहरूले तोकिएको समयावधीभित्र खानीद्वारमा उत्खनित परिमाणको मापन गर्ने यथोचित यन्त्र ( तौलपुल) जडानगरी संचालन समेत नगरेको भनी खनिज स्थगन गराएको पत्रमार्फत जानकारी गराएको छ ।विभागका रिसर्च अफिसर वसन्त अधिकारीद्वा जारी पत्रमा जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय खानी’ अनुमति तथा प्रशासन शाखा,बंगलाचुली गाउँपालिका र बबई गाउँपालिका दाङलाई संयुक्तरुपमा पत्रलेखी चुनढुङ्गा उत्खनन् कार्यलाई रोक्न सहजिकरण गरिदिन अनुरोध समेत गरेको छ ।

Facebook Comments