घोराही । नेकपा एमाले दाङको जेठ ६ र ७ गते हुन लागेको १४औँ अधिवेशनको तयारी पूरा भएको पार्टीले जनाएको छ । सहिद नेत्रलाल पौडेल ‘अभागी’ को स्मृति दिवसको अवसर पारेर गर्न थालेको जिल्ला अधिवेशनका बारेमा जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको तयारीका बारेमा जानकारी गराईएको हो ।
पार्टीका जिल्ला प्रचार विभाग प्रमुख सविन प्रियासनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जेठ ६ गते हुने अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्न एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोख्रेल दाङ आउन लाग्नु भएको बताउनुभयो ।
उदघाटन समारोह घोराही १४ स्थित सभागृहमा हुने बताउँदै एमाले जिल्लाका १४ हजार २ सय ५९ पार्टी सदस्यबाट छनोट भएर आएका प्रतिनिधिलाई अधिवेशनमा सहभागी गराईने भएको छ । उहाँका अनुसा १ सय ८३ जना महिला सदस्य, १ सय ४३ जना दलित सदस्य, ३ सय ७३ जना पुरुष सदस्य, अधिवेशनको अनुसुची १ अनुसार ५० जना र अनुसूची २ अनुसार ३९ जना गरी ७ सय ८८ जना अधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।
अधिवेशन भव्य रुपमा सम्पन्न गर्न विभिन्न ८ वटा उपसमिति समेतगठन गरी जिम्मेवारी बाँडफाड गरिएको पार्टी अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले अधिवेशन सम्पन्न गर्न मन्च व्यवस्थापन, भान्स व्यवस्थापन, आर्थिक संकलन, अतिथि सत्कार, जनपरिचालन, राजनीतिक प्रतिवेदन र प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।
यसैबीच, १४औँ अधिवेशन पार्टीको एकता, हार्दिकता र मिसन ८४ को अधिवेशनका रुपमा भएको जिल्ला अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले एमालेलाई मिसन ८४ मा सफल बनाउन अधिवेशनमा सर्वसम्मत नेतृत्व रहने गरि आन्तरिक रुपमा छलफल जारी रहेको बताउनुभयो ।
उहाँले व्यक्तिका विषयमा नभई सुदृढ र गतिशील संगठनका रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने गरी छलफल भईरहेको बताउनुभयो ।
यसैबीच, अधिवेशन लक्षित लोगो पनि सार्वजनिक गरिएको छ । लोगोमा राजनीतिक, धार्मिक, सामाजिक, सांस्कृतिकलगायत विषय समावेश भएको र यसले दाङको समग्र अवस्थाका बारेमा उजागर गर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा पार्टी पोलिट व्यूरो सदस्य शान्ता चौधरी, प्रदेश तथा जिल्ला तहका नेता, पार्टी उपाध्यक्ष, सचिवलगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण संगीत बस्यालले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
