• १ असार २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पाको होलेरीमा महोत्सव सुरु




होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकामा चौथो होलेरी महोत्सव २०८१ सुरु भएको छ । लोक कला संस्कृतिको पहिचान तथा पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यकासाथ महोत्सव आयोजना गरिएको हो ।

मुरुल्ले म्यागजिन गढी विकास समितिको आयोजनामा बिहीबार होलेरीमा एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसीको प्रमुख आतिथ्यतामा सुरु भएको महोत्सवमा स्थानीय उत्पादन बिक्री बितरणका लागि १० स्टलहरु नि:शुल्क खुल्ला राखिने आयोजक समितिले जानकारी दिएको छ ।

रोल्पाको रुन्टीगढीमा रहेका मुरुल्ले, गढीलेक, शिवपार्वती गुफा, रुन्टी, मछिन्द्रनाथ, उमागढी लगायत अन्य धार्मिक तथा पर्यटकीय स्थलहरुको पहिचान गरि यहाँको लोक कला सस्कृतिको संरक्षण प्रर्वद्धन गर्दै पर्यटन विकास गरि पर्यटक आगमन गराई आर्थिक बृद्धि गर्दै यहाँको समुदायको जनजीवन सुधार गर्नको लागि महोत्सव गरिएको हो ।

महोत्सव जेठ ३ गतेदेखि १५ गतेसम्म संचालन हुने भएाको छ । महोत्सवको दोस्रो दिन आज चर्चित कलाकार मन्जु भटराईको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments